Sujang

डडेल्धुरामा माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

फागुन १५ गते ,डडेल्धुराः डडेल्धुरामा बेहोस अवस्थामा फेला परेका एक युवकको मृत्यु भएको छ। मंगलबार आलिताल गाउँपालिका–८ घुम्ती नजिक रंगुन खोलामा बेहोस अवस्थामा फेला परेका २८ वर्षीय राजु विकको मृत्यु भएको हो।

विकको घर डोटीको जोरायल गाउँपालिकाका–१ भानाकोट रहेको बुझिएको छ। बेहोस अवस्थामा रहेका उनलाई जोगबुढा अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जोगबुढा अस्पतालका इन्चार्ज जितेन्द्र चौधरीले जानकारी दिए। मृतक विक ट्याक्टर चालक हुन्।

इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक (इन्सपेक्टर) गगनसिंह भाटका अनुसार ट्याक्टरको ब्याट्री झिकेर खोलामा गएका उनी माछा मार्ने क्रममा करेन्ट लागेर बेहोस भएका थिए।

सहचालकले खबर गरेपछि घटनास्थलबाट उनलाई एम्बुलेन्समा राखेर जोगबुढा अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको उनले जानकारी दिए। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.