Sujang

आदिवासी जनजाति महासङ्घ बडीकेदार गाउँपालिका अध्यक्षमा दगालीमगर चयन

Ban
Krishi

गणेश मौनी,माघ ६ डोटी:नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ बडीकेदार गाउँपालिकाको अध्यक्षमा खगराज दगालीमगर चयन भएका छन् ।
बडीकेदार गाउँपालिकाको केन्द्र खड्यौलीमा शनिवार भएको भेलाले दगालीमगरको अध्यक्षतामा १५ सदस्यीय पालिका स्तरीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा रमिता पुनमगर र धर्म सिंह थापा चयन भएका छन् । त्यस्तै समितिको सचिवमा रमेश धर्तिमगर, र गगन बहादुर सलामी मगर चयन भएका छन् भने समितिको सह–सचिवमा लोक बहादुर तारामी, लाल बहादुर घर्तिमगर र कोषाध्यक्षमा ललिता पुनमगर सर्बसम्मर्त चयन भएका छन् । त्यस्तै समितिको सदस्यमा भागरती कुमारी पुनमगर, सान्तीदेवी पुनमगर, मान बहादुर नामजालीमगर, नबिन सिरौले, खगीसरा रोकामगर, कमला थापामगर र पूर्ण बहादुर लामीछानेमगर चयन भएका छन् ।
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ प्रदेश सभा ख का क्षेत्रीय सभापति टेक सलामीको अध्यक्षतामा भएको भेलामा नेपाली काँग्रेस प्रदेश सभा ख का क्षेत्रीय सभापति एवं बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउद प्रमुख अतिथि रहेका थिए भने भेलामा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य एवं बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी विष्ट कलेल, जिल्ला कार्यसमिति सदस्य कविराम बुढामगर, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घकी जिल्ला सदस्य अम्मीसरा कुमारी पुनमगर,नेपाली काँग्रेस बडीकेदार गाउँपालिका सभापति करुणाकर जोशी, गाउँपालिका सचिव शिद्धराज विष्ट, सबै बडाका वडा सभापति, विभिन्न वडाबाट भेलामा प्रतिनिधिको रूपमा आदिवासी जनजाति महासङ्घ सँग आबद्ध दाजुभाइ दिदीबहीनीहरुको सहभागिता रहेको थियो ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.