Sujang

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

Ban
Krishi
माघ ६, बझाङः बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका-१ भण्डार बस्ने श्याम रोकायाको श्रीमती ३० वर्षीया सरिता रोकायाको शुक्रवार मृत्यु भएको हो।

शुक्रवार दिउँसो घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा एक्कासी ५०० मिटर तल खसेर उनी गम्भिर घाईते भएकी थिइन्। उनको उपचारका लागि जिल्ला अस्पताल बझाङमा ल्याएपछि डाक्टरले चेक गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.