Sujang

सम बिकास केन्द्र डोटीको अध्यक्षमा परियार निर्वाचित

पुस २७, डोटी : सम विकास केन्द्र (ईडीसी) नेपालको अध्यक्षमा केशव परियार निर्वाचित भएका छन् । शुक्रवार सिलगढीमा सम्पन्न २६ औँ वार्षिक साधारण सभा तथा अधिवेशनबाट परियारको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो । अध्यक्षका लागि भएको निर्वाचनमा परियारले ३१ मत प्राप्त गरी निर्वाचित हुँदा अर्का अध्यक्षका प्रत्याशी रवीन्द्र बागचनले १७ मत प्राप्त गरे । निर्वाचनमा ४८ मतदाता सहभागी थिए ।

यस्तै उपाध्यक्षमा रश्मि गहतराज, सचिवमा बबि कुमार बिसी, कोषाध्यक्षमा मनोज बागचन र सदस्यहरूमा  योगेश मल्ल, यज्ञ पार्की, सरला देवल, मनीषा मिजार र खेम राज शर्मा निर्वाचित भएका छन् । ईडीसी डोटी लामो समयदेखि सामाजिक क्षेत्रमा क्रियाशील गैर सरकारी संस्था हो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.