Sujang

धामीको भर पर्दा गर्भमै शिशुको ज्यान गयो 

पौष २७,डोटी : दीपायल सिलगढी नगरपालिका–९ की २२ वर्षकी गर्भवतीलाई व्यथा लागेपछि बिहीवार बेलुकी साढे ७ बजेतिर सासूसहित छिमेकीले जिल्ला अस्पताल डोटी पुर्‍याएर । गर्भवतीको व्यथा बढ्दै गयो र राति १० बजेतिर पाठेघर खुल्यो तर बच्चा बाहिर निस्कन सकेन ।

पाठेघर खुलेको दुई घण्टापछिसम्म शिशु बाहिर निस्किन नसकेपछि मध्यरातमा डा। निराजन श्रेष्ठको टोली अपरेशनु को तयारीमा जुट्यो । यता आमाले अस्पतालबाटै बुहारीको अपरेशनु गर्ने जानकारी  दिल्लीमा रहेका छोरालाई सुनाइन् । छोराले लागदोष (देउता, भूतप्रेत) लागेर बिरामी भएको होला, भोलि देउतालाई नसोधी केही गर्न हुँदैन भन्ने खबर पठाए । छोराको कुरा आमाले डाक्टरको टोलीलाई सुनाइन् ।
तत्काल अपरेशन  नगर्ने हो भने अवस्था गम्भीर हुने भन्दै डाक्टरको टोलीले जति सम्झाउने प्रयास गरे तर कोही तयार भएनन् । ‘आमा र बच्चा दुवैको ज्यान जोखिममा छ । ढिलो भयो भने बचाउन सकिन्न भन्यौँ’, ‘डाक्टर निराजन श्रेष्ठले भन्नुभयो, तर उहाँहरू देउतालाई नसोधी हुन्न भन्नेमा अडिग रहनुभयो ।’

गर्भवती महिलाको परिवार भोलिपल्ट बिहान ८ बजे अब के गर्ने भन्ने सल्लाह लिन गाउँकै धामीकहाँ पुग्यो । धामीले दुईरचार घण्टालाई केही हुन्न म रोक्छु, त्यतिञ्जेल बच्चा जन्मिन्छ, नआत्तिनु भनेपछि परिवार पनि ढुक्क भए ।
गर्भवतीको अवस्था गम्भीर बन्दै गएपछि अस्पतालले एकपटक फेरि अपरेशनु का लागि तयार हुन वा अन्यत्र लैजानका लागि आग्रह गर्‍यो । त्यति गर्दा पनि परिवार सहमत नभएपछि डा। श्रेष्ठले दिल्लीमा रहेका छोरासँग भिडियो कलमा कुरा गर्नुभयो । डा। श्रेष्ठले गर्भवतीको अवस्था गम्भीर भएको भन्दै अपरेशनु का लागि तयार हुन वा विश्वास नलागे अन्यत्रै लैजान भनेपछि बल्ल छोरा अपरेशन का लागि तयार भए । छोराले सहमति दिएपछि आमाले कागजमा हस्ताक्षर गरिन् ।
बिहान ९ बजे चिकित्सकको टोली अपरेशन  को तयारीमा जुट्यो । अपरेशन अघि भिडियो एक्सरे गर्दा शिशुको ज्यान गइसकेको पाइयो । त्यसपछि भ्याक्युम डेलिभरीु मार्फत मृत बच्चा बाहिर निकालियो । यद्यपि समयमै अपरेशन भएकाले आमाको ज्यान भने जोगियो । अहिले आमाको स्वास्थ्य अवस्था सामान्य रहे पनि शिशुको मृत्युको खबरले परिवार स्तब्ध बनेको छ ।
अस्पतालमा लेउने धेरैजसोले भूतप्रेत र देउता लागेको भन्दै उपचार गर्न नमान्ने गरेको बताउनुहुन्छ । ‘हरेक हप्ता एकरदुई जना बिरामी यस्तै कुरा लिएर आउनुहुन्छ । कतिपयले हाम्रो कुरा सुन्छन् त कतिपयले हामीलाई विश्वास गर्दैनन्’, उहाँले भन्नुभयो । -रासस

Salmuni
Leave A Reply

Your email address will not be published.