Sujang

घरमा गएर मृत्यु दाबी बिमा रकम हस्तान्तरण

पाँच लाख कर्जा मिनाहा

पुस १७ गते ,कञ्चनपुर :फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले महेन्द्रनगर वडैपुर निवासी स्वर्गीय किडी देवी लुहारको परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ ।

शाखाले मंगलबार मृतकका परिवारलाई घरमै गई एक कार्यक्रम गरी मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका प्रमुख दिपक बहादुर शाहीले मृतक परिवारलाई रु २ लाख पचहत्तर हजार रकम हस्तान्तण गरेका छन् ।

बिमा रकम हस्तान्तण कार्यक्रममा बोल्दै शाही भने ,’ उनले लिएको पाँच लाख कर्जा मिनाहा गरेका छौँ ।किस्ता किस्तामा तिरेको रकम रु दुई लाख पचहत्तर समेत घरमा गएर फिर्ता गरेका छौँ ।’

उनले थपे ,’कतिखेर कसलाई के हुन्छ। कसैलाई थाहा हुदैन । बचत हुने बानीको पनि बिकास हुने । केही कार्य गर्न ऋण पनि सजिलैसँग पाइने । केही भै हाले सेवा पनि पाउने भएकोले फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थामा जोडीन सबैमा अनुरोध गरे ।’

गरिबी न्यूनीकरण , भुमिहिन, सुकुम्बासी , गरिब समुदायका नागरिकलाई आत्मनिर्भर र ब्यवसायी बनाउने कार्यमा समेत संस्थाले टेवा पुर्‍याई रहेकोे प्रमुख शाहीले बताए ।

२०७१ सालमा महेन्द्रनगर शाखाका रूपमा काम गर्दै आएको संस्थामा हाल तीन हजार ग्राहक सदस्य रहेका शाही जानकारी दिए। शाखामा तेह्र सयको हाराहारी ऋणी रहेकोे र २० करोड कर्जा रहेको उनले बताए ।

संस्थाको केन्द्रिय कार्यलय सुनसरी ,दुहबी नगरपालिका -२ मा अवस्थित रहेकोे छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.