Sujang

अछामकाको चिसापानी –जंगलघाट –बडिमालिका –गौरिटाँड –कमलवजार –बासकाँडाको २३ किलोमटिर कालोपत्रे सडकको मन्त्री देउवाद्धारा शिलान्यास

पुस १४ गते ,अछाम : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले अछामकाको चिसापानी –जंगलघाट बडिमालिका –गैरिटाँड कमलबजार बासकाँडा खण्डको २३ किलोमिटर कालोपत्रे तथा स्तरोन्नति आयोजनको शिलान्यास गरेका छन् । प्रदेश सरकारबाट सञ्चालित तथा पूर्वाधार विकास कार्यालय अछामको सहयोगमा निर्माण हुन लागेको कालोपत्रे सडकको मन्त्री देउवाले शनिवार शिलान्यास गरेका हुन् ।
सडकको शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री देउवाले निर्माण कार्यको लागि सम्झौता गरेको कम्पनीले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिएका छन् ।
मन्त्री देउवाले तोकिएकै समयमा निर्माणका कार्य सम्पन्न गर्ने गरी प्रदेश सरकार लागेको दाबी गरेका छन् ।
उक्त कालोपत्रे सडक तथा स्तरोन्नति आयोजनाको दुई वर्षभित्र निर्माण कार्य सक्ने गरी पिके निर्माण सेवा घोराही ,दाङसँग सम्झौता गरेको छ ।
निर्माण सेवाले सडक निर्माणका लागि ६९ करोड ४३ लाख ३५ हजार नौ सय छैसठ्ठि रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरिएको गरिएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य मेघराज खड्का, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
Salmuni
Leave A Reply

Your email address will not be published.