Sujang

डडेल्धुरामा बजार जान्छु भनेर हिंडेका भट्ट मृत भेटिए

पुस ४ गते ,डडेल्धुरा : डडेल्धुरामा एक युवकको शव फेला परेको छ । बुधबार बिहान जिल्लाको अमरगढी नगरपालिका-९ का २६ वर्षीय श्याम भट्ट मृत फेला परेका हुन् ।

उनी हिजो साँझ बजार जान्छु भन्दै घरबाट हिंडेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी दीपकुमार कार्कीले बताए । ‘प्रारम्भिक अनुसन्धानका क्रममा उनी भीरबाट लडेको भन्ने बुझिएको छ । थप अनुसन्धान भइरहेको छ’ उनले भने ।

मृतक भट्ट सरकारी वकिल कार्यालय सिलगढीमा कार्यरत थिए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.