Sujang

जिप चालक केसी लागु औषध सहित पक्राउ

मङ्सिर २६, डोटी:प्रहरीले डोटीमा लागु औषध (खैरो हेरोइन) सहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको शिखर नगरपालिका–३ कालागाडबाट अछामको साँफेबगर नगरपालिका–७ का २० वर्षीय विशाल केसी ४ दशमलव ४१ ग्राम लागु औषध (खैरो हेरोइन) सहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार मङ्गलवार बिहान करिब ३ बजेको समयमा कालागाड स्थित पुलमा से १ ज ७६१ नम्बरको बोलेरो जिप दुर्घटानाग्रत अवस्थामा भेटिएको र उद्धारको लागि जाँदा जिप चालक केसी गाडीभित्रै लागु औषध सेवन गरिरहेको अवस्थामा भेटिएपछि पक्राउ परेका हुन् । केसीमाथि लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.