Sujang

डोटीको बडिकेदार गाउँपालिकाद्वारा मेलाको अवसरमा १० गते सार्वजनिक बिदा

एकेन्द्र चन्द, डोटी: डोटीको बडिकेदार गाउँपालिकाले मंसिर १०  गते सार्वजनिक बिदा दिएको छ ।
गाउँपालिकाले एक सूचना जारी गर्दै १० गते सार्वजनिक बिदा दिइएको जनाएको हो ।

हरेक वर्ष डोटीको प्रसिद्ध बडिकेदार धाममा लाग्ने मेलाको  अवसरमा एक दिन बिदा दिइएको गाउँपालिकाले जनाएको छ । बडिकेदार गाउँपालिकाका सम्पुर्ण सरकारी कार्यालयहरु, गैरसरकारी संघ सस्थाहरु बितिय सस्था र बिधालयहरु बन्द हुने छ्न । यस बर्ष बडिकेदार धाममा मंसिर ८,९ र १० गते मेला लाग्ने छ ।

बडिकेदार धाममा मेला भर्न नेपालसहित भारत र अन्य मुलुकबाट समेत भक्तजन तथा पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले नेपालको एक महत्वपूर्ण तीर्थस्थलको रुपमा चिनिँदै आएको छ ।

समुद्री सतहदेखि १ हजार ८ सय मिटर उचाइमा रहेको बडिकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा गर्ने गरिन्छ ।

सुदूरपश्चिम प्रदेशकै धार्मिक आस्थाको धरोहर रहेको प्रसिद्ध बडिकेदारमा हरेक बर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुँङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ ।

किवदन्ती अनुसार परापूर्वकालमा स्थानीय गाउँको एउटा गाई लेकमा चर्न आउने र दिनभर बडिकेदार शिलामा दूध चढाएर फर्कन्थ्यो । घरमा गाईले दूध नदिने भएकाले गोठालोले चियो गर्दा शिला भएको ठाउँमा दूध दिएको देखेपछि त्यस क्षेत्रका गाउँ वरपरका ब्राह्मण आएर पूजाआजा गर्न थालेका हुन् ।

सन्तान प्राप्त नभएदम्पती समेत पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्छन् । सन्तान नभएकालाई सन्तान लाभका साथै मनोकांक्षा पूरा हुने भएकाले स्वदेश तथा विदेशबाट समेत दर्शनार्थी आउने गर्छन् । भक्तजनहरुले जे सोचेर बडिकेदारको पूजाआजा गर्यो त्यो पूरा हुने धार्मिक बिश्वास रहि आएको स्थानीयहरु बताउछन् ।

Salmuni
Leave A Reply

Your email address will not be published.