मंसिर ५,: सुदूरपश्चिमको धार्मिक तथा प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण पर्यटकीय क्षेत्र खप्तडमा पछिल्ला छ वर्षमा पर्यटकको आगमन घट्दो क्रममा छ ।
यो छ वर्षको अबधिमा खप्तड आउने पर्यटकको संख्यामा ५० प्रतिशतले कमि आएको छ ।
खप्तड राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार २०७४/०७५ मा बिदेशी २८ जना, सार्क राष्ट्रका सात जना र नेपाली छ हजार आठ सय ३१ गरि छ हजार आठ सय ६६ जना पर्यटक खप्तड पुगेका थिए । त्यसयता पर्यटकको संख्यामा लगातार रुपमा कमि आएको छ ।
आर्थिक वर्ष ०७५/७६ मा बिदेशी ४९ जना, सार्कराष्ट्रका १८ र नेपाली तीन हजार छ सय ५३ गरी तीन हजार सात सय २० जनाले खप्तडको भ्रमण गरेका थिए ।
आर्थिक वर्ष ०७६/७७ मा बिदेशी १६ जनाले खप्तड भ्रमण गरे । सार्क राष्ट्रबाट पर्यटक नै आएनन । नेपाली पर्यटकको संख्या पनि सात सय ३० जनामा खुम्चियो । उक्त वर्ष सात सय ४६ जनाले मात्र खप्तड अवलोकन गरे ।
आर्थिक वर्ष ०७७/०७८ मा तीन जना बिदेशी, एक हजार छ सय ८५ नेपाली गरी एक हजार छ सय ८८ जना पर्यटकले खप्तड भ्रमण गरे ।
आर्थिक वर्ष ०७८/०७९ मा १९ जना बिदेशी, तीन जना सार्कराष्ट्रका, दुई हजार एक सय ८७ नेपाली गरी दुई हजार दुई सय नौ जनाले खप्तडको भ्रमण गरे ।
आर्थिक वर्ष ०७९/०८० मा ७० जना विदेशी, सार्कराष्ट्रबाट २२ जना र दुई हजार सात सय ९९ गरी दुई हजार आठ सय ९१ जनाले खप्तड भ्रमण गरेको तथ्यांक छ ।
२०८० श्रावण देखि कार्तिकसम्म चार महिनाको अबधिमा १५ बिदेशी पर्यटक र १२१ महिला ५९२ सहित गरी सात सय २८ जना पर्यटकले खप्तड भ्रमण गरेको बताईएको छ ।
पर्यटन व्यवसायी तथा होटल व्यवसायी संघ सुदूर पश्चिम प्रदेशका अध्यक्ष दीपक बहादुर खड्काले संघीयता आए यता खप्तडमा पर्यटक आगमनको अवस्था निराशजनक रहेको बताए ।
उनले जेठ महिनाको २४/२५ गते खप्तडमा बाबा रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा आयोजित कार्यक्रमपछि भारतीय संगै अन्य पर्यटकको संख्यामा भारी गिरावट आएको बताए ।
देशका प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, बाबा रामदेव, आचार्य बालकृष्ण लगायतको खप्तडमा उपस्थिति पछि खप्तडको व्यापक प्रचार प्रसार भई पर्यटकको घुईचो लाग्ने सोचेका थियौं, खडकाले भने-अहिले त झन खप्तड सुनसान भयो । जेठ २६ यता खप्तडमा पर्यटकको संख्यामा भारी गिरावट आएको बताए ।