Sujang

बैतडीमा जिप दुर्घटना : एक जनाको मृत्यु

मंसिर २,बैतडी–बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं ३ घोडेधारमा शनिबार बिहान से १ ज ६०३ नम्बरको जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका ८ का ३५ बर्षीय अम्मर बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

कटौजपानीबाट सिल्लेगडातर्फ आउँदै गरेको जिप दुर्घटना हुँदा अन्य ५ जना घाइते भएका छन् । घाइतेहरुको पहिचान खुल्न बाँकी रहेको छ । घटनास्थलतर्फ प्रहरी टोली खटिएको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.