Sujang

कैलालीको धनगढीमा आगलागी : अस्पतालसहित ८ वटा पसलमा क्षति

कैलालीको धनगढीमा आगलागी : अस्पतालसहित ८ वटा पसलमा क्षति

मंसिर २,कैलाली :गएराति कैलालीको धनगढीमा आगलागी भएको छ ।

धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहित ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

 

विद्युत् सर्ट भएर शुक्रबार राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका ८ पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक देवेन्द्र पालले जानकारी दिए ।

आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.