Sujang

डोटीको बडिकेदार धाममा शिबलिङ्ग यात्रा हुने 

Ban
एकेन्द्र चन्द ,कार्तिक १९ डोटी , सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बडिकेदार धाममा शिबलिङ्ग यात्रा हुने भएको छ ।
बडिकेदार धामको विकास तथा थप प्रचारप्रसार गर्ने उद्देश्यले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्र राज सिराडीले १०८ शिवलिंग सहित को स्वस्तिक निर्माण गर्न अभियान चलाएका थिए। जुन अभियान सफलता को अन्तिम चरणमा पुगेको सिराडीको भनाई छ। अधिकृत सिराडीले अभियानमा जोडिएका १०८ जनालाई धन्यवाद ज्ञापन गर्दै यस अभियानको शिवलिङ्ग यात्रामा सरिक भइदिन हुन  बडिकेदार प्रति आस्थावान् सबैलाई आग्रह गरे।
Krishi
यही कार्तिक २५ गते बडिकेदार गाउँपालिका वडा नम्बर ५ अत्तरकाडा देखि बडिकेदार धाम सम्म १०८ शिबलिङ्ग स्थापनार्थ शिवलिङ्ग यात्रा गराइने भएको छ भने गोवर्द्धन पूजाको दिन बडिकेदार धाममा १०८ शिबलिङ्ग स्थापना गरिने सिराडीले बताए।
यसपालि मङ्सिर ८,९ र १० गते बडिकेदार धाममा बृहत् मेला लाग्ने  भएको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय स्थल  बडिकेदार धाममा प्रत्येक वर्ष नेपालका विभिन्न क्षेत्रबाट लगायत भारत र अन्य मुलुक बाट समेत भक्तजन, आन्तरिक तथा बाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.