Sujang

खप्तड घुम्न आएका पर्यटकलाई डोटीमा स्वागत

Ban
Krishi

कार्तिक ,१३ गते डोटी :हाेटल व्यवसायी संघ डोटीले खप्तड घुम्न आएका पर्यटकलाई स्वागत गरेको छ। आइतबार हाेटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके सहितको टोलीलाई स्वागत गरेको हो। सुदूर पश्चिमका पर्यटकीय गन्तव्य सुनसान भएपछि थोरै चलायमान बनाउने उद्देश्य तथा पश्चिमको गतिविधि अध्ययन गर्न हाेटल व्यवसायी महासंघ सुदूर पश्चिम प्रदेशको निमन्त्रणामा अध्यक्ष चुके खप्तड भ्रमण गरी फर्किएका हुन् । खप्तड गन्तव्य धेरै सुन्दर र सहज भयकाले राज्यले पूर्वाधार र आवास गृह सञ्चालनमा छिटो पहल गर्नु पर्ने चुकेले बताए  । पश्चिम भ्रमणका क्रममा शैलेश्वरि , उग्रतारा लगायतका शक्ति पीठहरूको दर्शन गर्दै डोटी  ,डडेल्धुरा, कैलाली र कञ्चनपुरका ब्यवसायिहरुसंग भेटघाट र छलफल गर्ने कार्यक्रम रहेको अध्यक्ष चुकेले बताए ।

त्यस्तै उद्योग वाणिज्य महासंघ डोटीले पनि टोलीलाई दिपायलमा स्वागत गरेको पर्यटन व्यवसायी दीपक बहादुर खड्काले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.