Sujang

नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु

कार्तिक १०,धनगढीः नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ का दीपक मल्लका ६ वर्षीय छोरा दिपसन मल्ल र सोही ठाउँका योगेन्द्र मल्लका ७ वर्षीय छोरा आयुष मल्लको बिहीवार साँझ नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले बताएको छ।

उनीहरु साँझ ५ः३० बजे बर्दगोरीया गाउँपालिका वडा नम्बर ६ स्थित काँडा नदीमा नुहाउन गएका थिए। उनीहरुको शव नदीमा पानी जमेको गहिरो भागमा भेटिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरिक्षक बिरबहादुर विकले जानकारी दिए।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.