Sujang

डडेल्धुरामा पैदलयात्रीको मृत्यु

कार्तिक ९,डडेल्धुराः डडेल्धुरामा एक पैदलयात्रीको मृत्यु भएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका-३ चम्कोट स्थित के.आई सिंह राजमार्गमा गएराति पैदलयात्रीको मृत्यु भएको हो।

हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही ठाँउका अन्दाजी ५५ वर्षीय राजु देउबाको बुधबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। ठक्करबाट गम्भीर घाईते भएका उनको उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरामा पु¥याउँदा डाक्टरले मृत घोषणा गरेको थियो।

हाल फरार रहेको सवारी साधनको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको डडेल्धुरा प्रहरीले बताएको छ। -दिनेश खबर

 

Salmuni
Leave A Reply

Your email address will not be published.