Sujang

साँफेबगर नगरपालिकाका नगर प्रमुख कुँवरले टुहुरा बालबालिकालाई दिए दशैं खर्च

Ban

कार्तिक २ गते ,अछाम:अछामका एक नगरप्रमुखले टुहुरा बालबालिकालाई दशैं खर्च दिएका छन्। जिल्लाको साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्रबहादुर कुँवरले टुहुरा बालबालिकालाई दशैं खर्च उपलब्ध गराएका छन्।

Krishi

नगरपालिकाका–१४ वडाका आमाबुबा दुवै गुमाएका बालबालिकाहरूलाई आफूले पाउने सेवा सुविधाबाट दशैं खर्च उपलब्ध गराएको बताइएको छ। नगर प्रमुख कुँवरले १८ जना बालबालिकालाई ४५ हजार रकम आर्थिक सहयोग गरेका हुन्।

एकजनालाई २ हजार ५ सयका दरले रकम उपलब्ध गराइएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख अनिता जोशीले जानकारी दिइन्। नगरभित्रका आफ्ना बालबालिकाहरूलाई दशैं मनाउन सहयोग गरेको नगर प्रमुख कुँवरले बताए। उनले आफूले पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.