Sujang

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालयको ताला अढाई महिनापछि खुल्यो

असोज ११,कञ्चनपुर :सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालयको ताला अढाई महिनापछि खुलेको छ ।

विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै केन्दीय कार्यालयमा गरेको तालाबन्दी विश्वविद्यालय प्रशासन र विद्यार्थी संगठनबीच भएको सहमति पछि विश्वविद्यालयको ताला खुलेको हो । विश्वविद्यालय प्रशासन र समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूबीच विश्वविद्यालयका नियुक्ति विश्वविद्यालयको ऐन नियम बमोजिम गर्ने,विश्वविद्यालयको ऐन बमोजिम समायोजन गर्ने र गत भदौमा परिक्षा नियन्त्रक कार्यालयमा भएको तोडफोडपछि अनेरास्ववियूका नेतालाई लगाएको मुद्धा फिर्ता लिने सहमतिपछि केन्द्रिय कार्यालयको ताला खुलेको अनेरास्ववियूका जिल्ला संयोजक रमेश पन्तले जानकारी दिए ।

केन्द्रिय कार्यालयमा साउन १ गते नेकपा एमाले निकट अनेरास्ववियू र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रीक विद्यार्थी संगठनले तालाबन्दी गरेको थियो । यी दुई संगठनसंग सहमति भएर यसअघि नै ताला खुले पनि नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठनको ताला खुल्न सकेको थिएन । समाजवादी निकट अनेरास्ववियूका माग पुरा गर्ने सहमति पछि आज बिहिबार विश्विद्यालयको ताला खुलेको सुदूरपश्चिम विश्वविद्यालयले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.