Sujang

जोशी दम्पतीद्वारा दुईलाख दस हजारको अक्षयकोष स्थापना

डोटी :डोटीको शिवपुर माध्यमिक विद्यालय जोरायल गाउँपालिका–३ चनकट्टेमा ईश्वरी गणेश पशुपति विद्यालय हित अक्षयकोष स्थापना गरिएको छ । सोमबार ७० वर्षीय ईश्वरीदत्त जोशीले आफूले अध्ययन गरेको विद्यालयमा रु एक लाख पाँच हजार बराबरको अक्षयकोष स्थापना गरेका हुन् ।

कार्यक्रममा अक्षयकोष दाता इशवरी दत्त जोशीले बोल्दै आफ्नो कमाइको केही अंश छुट्याएर विद्यालयलाई दान गर्न पाउँदा आनन्द आएको उनले बताए । सानो कोषले विद्यालयको हितमा काम गर्ने र अभियानले अन्यलाई समेत विद्यालयमा सहयोग गर्ने भावनाको विकास हुने उनको भनाइ छ । बिब्यस अध्यक्ष तथा वडा नं ३ का अध्यक्ष  नवीन ओझाले अक्षयकोषको रकमलाई उद्देश्य अनुसार परिचालन गर्ने प्रतिबद्धता सहित अक्षयकोष दातालाई धन्यवाद दिए ।  विद्यालयले अक्षयकोष दातालाई प्रशंसा पत्रले सम्मान गरेको छ ।
त्यसै गरी  सोमबार नै ५३ वर्षीय पशुपति देवी जोशीद्वारा सरस्वती नगर प्राथमिक स्वास्थ्य केन्द्र  जोरायलमा रु एक लाख पाँच हजार नगदको ईश्वरी गणेश पशुपति स्वास्थ्य कल्याणकारी  अक्षयकोषको स्थापना गरिएको  छ ।  उनले विगत ३० वर्षदेखि महिला स्वास्थ्य स्वयम् सेविकाको रूपमा काम गरेको प्राथमिक स्वास्थ्य केन्द्रमा  अक्षयकोष स्थापना गरेकी हुन् ।

तीन दशक देखि संस्थामा काम गर्दा संस्थामा धेरै बिरामी गरिब ,अनाथ ,असहाय दिन दुःखी आउने गरेको बताउँदै कोषले ती बिरामी सँगै नवजात आमा र शिशु ,संस्थामा कार्यरत उत्कृष्ट कर्मचारीलाई राहत पुगोस्  भन्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरेको जोशीले बताइन् ।

गत वर्ष स्व.धनन जय जोशी र स्व. अम्बा देवी जोशीको नाममा जोरायल गाउँपालिका – ४ बिनोडा स्थित बेताल आधारभूत विद्यालयमा रु एक लाख पच्चीस हजारको  धनन जय अम्बा विद्यालय हित अक्षयकोषको निर्माण गरिए उनका नाति केशव जोशीले बताए ।
विगत देखि आफ्नै कमाइको केही भाग सामाजिक सेवामा लगाउने गरेको जोशीले बताए । जति धेरै दान गर्‍यो त्यति धेरै सकारात्मक ऊर्जा हामीलाई प्राप्त हुने पारिवारिक बुझाइ रहेकोले आज मात्र एकै दिन बुवा र आमाको नामबाट आफ्नो ३३ औं जन्मदिनको अवसरमा अक्षयकोष स्थापना गरेको उनले बताए ।

अक्षयकोष स्थापना कार्यक्रममा जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा ,जनप्रतिनिधि ,शिक्षक, स्वास्थकर्मी ,विद्यार्थी लगायतको उपस्थिति रहेकोे थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.