Sujang

संविधान दिवसको अवसरमा नेविसंघद्वारा दीप प्रज्वलन

असोज ३, डोटी :नेपाल विद्यार्थी सङ्घ डोटीले संविधान दिवस २०८० को अवसरमा दीप प्रज्वलन गरेको छ । बुधवार पिपल्ला बजार दिपायलमा दीप प्रज्वलन गरी दिवस मनाइएको हो ‌।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेस डोटीका पार्टी उप-सभापति बाजि सिं खड्का ‘बिजय’ले संविधानको संरक्षण गर्नु हामी सबै नेपालीको दायित्व र कर्तव्य भएको बताएका छन् । नेपाली जनताको ठुलो संघर्ष र बलिदानबाट ल्याएको संविधानको कार्यान्वयन सबै लाग्नु पर्ने बताए ।
नेपाल विद्यार्थी सङ्घ डोटीले संविधानको निर्माण गर्न योगदान दिने सहिदको सम्मान र सम्झनामा कार्यक्रमको आयोजना गरेको नेबिसंघ डोटीका अध्यक्ष दीपेन्द्र बहादुर सिंहले बताए ।
संविधानको कार्यान्वयन गरी नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति गराउन सबै सरोकारवाला पक्षलाई अनुरोध गरे । कार्यक्रममा नेपाली काँग्रेसका नेता,कार्यकर्ता , नेवि सङ्घका सदस्य लगायतको सहभागिता रहेको थियो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.