Sujang

तालमा डुबेर एक जनाको मृत्यु 

असोज ३, कञ्चनपुर :कञ्चनपुरको दक्षिणतर्फ सीमा जोडिएको भारतको टिल्ला गाउँमा मजदुरी गर्दै आएका एक नेपाली नागरिकको पानीमा डुबेर मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ टेडिया घर भई सीमावर्ती भारतीय टिल्ला नम्बर ४ अमरजित सिंहको घरमा काम गर्दै आएका ३५ वर्षीय कुल बहादुर शाहको डुबेर मृत्यु भएको हो ।

मंगलबार साँझ घर जान्छु भनी त्यहाँबाट नेपालतर्फ आएका शाह घर नपुगेपछि खोजी गर्दा बुधबार तालको पानीमा डुबेको अवस्थामा उनको शव फेला परेको पारिवारिक श्रोतले जनाएको छ । उनको शव परीक्षणका लागि भारतीय प्रहरीले पिलिभित पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.