Sujang

केआइसिंहमा नयाँ भाडा दर लागु,वायलसम्मको एक सय६१ रुपैयाँ भाडा

असोजबाट वायलसम्म बस सेवा

भदौ २९ गते ,डोटी : केआईसिंह गाउँपालिका, यातायात व्यवसायी र सरोकार पक्षबिच शुक्रवार बसेको बैठकले नयाँ भाडा दर लागु गर्ने निर्णय भएको छ । गाउँपालिकाले आयोजना गरेको बैठकमा शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालीका पदाधिकारीहरूले नयाँ भाडा दर कायम गर्ने सहमति भएका हुन् । शुक्रवार गरिएको निर्णय अनुसार कालोपत्रे सडकमा प्रतिकिलोमिटरको रु ७ र कच्ची सडकमा रु १२.५ भाडा दर कायम गरिएको अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जानकारी दिए ।

साथै असोज १ गतेबाट दिपायलबाट दैनिक एक बस वायलका लागि छुट्ने समेत निर्णय भएको छ । दिपायल देखि वायलसम्म एक दिन शैलेश्वरी डोटी सार्वजनिक प्रालीको र अर्को दिन सुन्दर सुदूरपश्चिम सार्वजनिक यातायात प्रालीको एउटा बस अनिवार्य छुट्ने बताइएको छ । यसअघि दिपायलदेखि वायलसम्मको ३ सय भाडा लिँदै आएका व्यवसायीले नयाँ भाडा दर अनुसार एक सय ६१ रुपैयाँ मात्र लिन पाउने भएका छन् । यातायात व्यवसायीहरूले वायलसम्म कालोपत्रे भइसकेपनि कच्ची सडक भएको बेला तोकिएको दररेटमा चर्को भाडा असुल्दै आएका थिए ।

निर्णय गरेको भाडा दर जिप तथा बस सवैखालका सार्वजनिक यातायातमा लागु हुने बताइएको छ । कुनै पनि बहानामा निर्णयभन्दा बढी भाडा लिएमा तुरुन्तै कारबाही गरिने शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रालीका अध्यक्ष गणेश मलासीले बताए ।


Salmuni
Leave A Reply

Your email address will not be published.