Sujang

डोटीमा मुक्त हलियाको पुनः स्थापनका नाममा व्रह्मलुट भएको सहभागीको आरोप

हलिया पुनः स्थापनका नाममा भएको अनियमितता छानबिन गर्न माग

प्रकाश बम,डोटी :डोटीमा मुक्त हलियाको पुनः स्थापनका नाममा व्रह्मलुट भएको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
बिहीबार सिलगढीमा १५ औँ मुक्त हलिया दिवसका अवसरमा मुक्त हलियाका सवाल तथा माग विषयक जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमका सहभागीहरूले यस्तो आरोप लगाएका हुन् ।
जिल्लाको पुर्विचौकि गाउँपालिको – २ वगलेकमा र दिसिनपा – ६ पैयाभन्ज्याङमा बनाएका मुक्त हलिया पुनः स्थापनका बस्तीका नाममा व्यापक ब्रह्मलुट भएको जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले बताए । हलियाका नाममा वास्तविक हलियाले झन् पिडा पाएका छन् । उनले भने,‘ हलियाका नाममा दलाली बन्द गर्नुहोस् । गरिबका नाममा धनीलाई परिचय पत्र वाडे जस्तै हलियाका नाममा टाठा बाठा भन्दा वास्तविक हलियाको पहिचान तर्फ जोड दिनुहोस् । वास्तविक हलियाका पुनः स्थापन गर्न हाम्रो हरदम प्रयास रहन्छ ।’
उनले थपे,‘ हलियाको ट्याग जोडेर डलर खेती बन्द गरौँ । वास्तविक हलियाको व्यवस्थापन तर्फ जोड दिऊँ । वगलेक र पैयाँ भन्ज्याङ जस्तो काम रोकौँ। त्यस्तालाई छानबिनको दायरमा ल्याउन आवश्यक छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै शिखर नगरपालिकाका नगर प्रमुख दीर्घ बहादुर बलायरले हलियाका नाममा वकालत गर्ने व्यक्ति नै पारदर्शी नभएको बताए । हलियाको पुनः स्थापनका नाममा भएको व्यापक भ्रष्टाचारले वास्तविक हलिया छुटेको उनले बताए । उनले भने,‘ हलियाका नेताका बिचमा तिक्तता आउनु नै वास्तविक गाउँ वस्तिका हलिया नसमेटिनु हो । हलियाका नाममा भई रहेको राजनीतिकरण राम्रो पक्ष होइन । हामी वास्तविक हलियाका जनप्रतिनति हौँ । ऊनीहरूका दुःख सुखमा नगरको जहिल्यै सहयोग हुनेछ ।’
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उप संयोजक स्मृति चुनाराले बजेटको सहिसदुपयोग गर्न अनुगमनलाई जोड दिनुपर्ने बताइन् । हलियाका नाममा केही राम्रा काम भए पनि केही ठाउँमा भएको व्रह्मलुटले डोनेसन संस्थाले छि छि र दूर दूर गरिरहेको उनले बताइन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले राज्यको सम्पत्तिलाई कसैले दुरुपयोग गर्न नमिल्ने बताए । राज्यको सम्पत्तिलाई दुरुपयोग तथा अनियमितता गर्नेलाई कानुनी दायरमा ल्याउने कुरामा जोड दिए ।
हलोका बारेमा नबुझेका हलियाका नेताका कारण मुक्त हलियाको पुनः स्थापनका नाममा व्रह्मलुट भएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर नेपाली बताए । वगलेक र सिलगढीमा वास्तविक हलियाले नपाउँदा उक्त ठाउँमा हलिायाहरु नबसेको उनले बताए  । हलियाका नाममा पैसा उठाएर परिचय पत्र वितरण गरेको समेत उनले आरोप लगाए । डोटीमा मुक्त हलियाको पुनः स्थापन तथा परिचय पत्र वितरण राजनीतिकरण, नातागोता, भनसुन, मनोमानी नाम सङ्कलन गरेका कारण अझै वास्तविक हलिया माथि उठ्न नसकेको उनले आरोप लगाए । हलियाका नाममा हलियालाई हलियाका नेताले नै थिचोमिचो गरेको अध्यक्ष नेपाली बताए ।
बिचौलियाले फाइदा लिएका कारण मुक्त हलियाको पुनः स्थापनमा कठिनाइ आएको नेपाल पत्रकार महासङ्घका अध्यक्ष मोहन  शाहीले बताए । पुनः स्थापनका नाममा मापदण्ड विपरीत वनेका घर जग्गाका बारेमा छानबिन समिति तत्काल गर्न आवश्यक रहेको उनले बताए ।
हलियाका नाममा राज्यको कोषको दुरुपयोग भएको दिसिनपा – ५ का खगेन्द्र नेपालीले बताए । हलियाका नाममा आएको रकमले केही व्यक्तिले तराईमा समेत घर बनाएको उनले बताए । जग्गा जमिन नभएका वास्तविक हलिया अहिले छुटेका उनले बताए । पुनः स्थापनका नाममा बनाएका वस्तिका बारेमा छानबिन गर्न आवश्यक रहेको उनले बताए ।
हलियाका परिचय पत्र तथा तथ्याङ्क संकलनमा केही कमजोरी भएको हलिया मुक्ति समाज नेपालका अगुवा नेता सिता विकले बताइन् । पहिला भन्दा हलियामा परिवर्तन आएको र सबै ठाउँमा बाहिर भने जस्तो भ्रष्टाचार नभएको उनले बताइन् ।
हलियाहरुको गाँस वासको व्यवस्था अझै हुन नसकेको अगुवा नेता कुमार टेलरले बताए । पुनः स्थापनका नाममा भएको ज्याजदिका बारेमा छानबिन हुन आवश्यक रहेको उनले बताए ।
वास्तविकता हेरेर हलियाको वर्गीकरण गर्नु पर्ने पुर्विचौकि गाउँपालिका–४ का प्रेम बहादुर विकले बताए । टाठा बाठा तराई तिर बसेकाहरूले हलियाका नाममा सेवा सुविधा लिएको बताउँदै वास्तविक हलिया वस्तिमा रहेको उनले बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अधिकारकर्मी डम्बर विकले मुक्त हलिया पुनः स्थापना भएको १५ वर्ष पुग्दा पनि अझै हलियाले उचित गाँस, वास, शिक्षा ,स्वास्थ्य, खानेपानी रोजगारी पाउन नसकेको उनले बताए । स्थानीय सरकारले कार्यविधि बनाएर हलिया पुनः स्थापनमा जोड दिनुपर्ने बताए ।
विगतमा पिलचौतारा तथा गाउँमा नगएर हलियाका नाम तथ्याङ्क सङ्कलन गर्दा केही वास्तविक हलिया छुटेका हलिया मुक्ति समाज डोटीका अध्यक्ष बजिर सिंह नेपाली बताए । स्थानीय सरकालाई स्वामित्व दिई सके पश्चात् यर्थात डाटा संकलनमा सहयोग गरेर पुनः स्थापनमा सहयोग गरिदिन अनुरोध गरे । वगलेकको कुरालाई मात्र हेरेर हलियाको चित्रण गर्न नहुने उनले बताए । उनले भने,‘पैसा खाने एक छन् ।जग्गा किन्ने एक छन् ।घर बनाउने एक छन् । दुख पाउने हलिया छन् ।’
जिल्लामा ११ सय ५३ जना हलिया पुन ः स्थापना भएको तथ्याङ्क सार्वजनिक गरिएको छ । ३५ जना हलियाले एक किस्ता मात्र पाएका छन् भने ६७ जनाले परिचय पत्र पाएको बताएको छ । ८७ जना लिस्टमा भएका तर परिचयपत्र नपाएका रहेको बताइएको छ । जिल्लामा अहिले सम्म १३ सय २१ जनाको तथ्याङ्क सङ्कलन गरिएको सार्वजनिक गरिएको छ । जिल्लाका क वर्गका २ सय ५५ जना , ख वर्गका ५ सय ७५ जना , ग वर्गका ८३ जना र घ वर्गका ३ सय २७ जना रहेको कार्यपत्रमा उल्लेख गरिएको छ ।
हलिया मुक्ति समाज डोटीको आयोजना तथा विभिन्न साझेदार संघ संस्थाको सहयोगममा कार्यक्रमको आयोजना गरीएको थियो ।
सम्बन्धित समाचार
मुक्त हलिया पुनः स्थापना गर्न बनेको बस्ती जङ्गलमा परिणत हुँदै,
सरकारको डेढ करोड लगानी बालुवामा पानी
https://shilakhabar.com/archives/3968
Salmuni
Leave A Reply

Your email address will not be published.