Sujang

निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा फलफूल वितरण

Ban
भदौ १९ गते डोटी :नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका अवसरमा जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । मङ्गलवार नेपाल निजामती कर्मचारी युनियनको २०औँ स्थापना दिवसका अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरेको हो। फलफूल वितरण कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका डोटीका पार्टी उपसभापति नारायण जोशीले स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरे । नेपाल निजामती कर्मचारीहरूले उठाएका मागमा ऐक्यबद्धता रहेको उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले निजामती कर्मचारी दिवसको शुभकामना दिँदै जनप्रतिनिधि र कर्मचारी बिचको खाडल पुर्न आवश्यक रहेको बताए । नेपाल निजामती कर्मचारीले उठाएका जायज मागमा साथ सहयोग रहने उनले बताए ।
नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य प्रमानन्द भट्टले निजामती कर्मचारीलाई हेर्ने दृष्टिकोण फरक रहेको बताए । निजामती कर्मचारीका समस्या समाधान तर्फ लागि दिन सम्बन्धी निकालाई अनुरोध गर्दै नभए फेरि आन्दोलन उत्रिन बाध्य हुने उनले बताए ।
नेपाल निजामती कर्मचारी युनियन डोटीका अध्यक्ष लाल बहादुर बोगटीले फलफूल वितरण कार्यक्रमको समापन कार्यक्रममा बोल्दै नेपाल निजामती कर्मचारीहरूको तलबमान , समायोजन ,अस्थायी करार ज्यालादारी कर्मचारीको न्यायोचित व्यवस्थापन ,कर्मचारी सेवा ऐन लागू गर्ने लगायतका  मागहरू रहेकोले सहयोग गरिदिन अनुरोध गरे।
फलफूल वितरण कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ता , भ्रातृसंगठनका प्रमुख प्रतिनिधि , शुभेच्छुक सङ्गठनका प्रमुख प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.