बाजुरा, भदौ १८: बाजुरामा एक किशोरीको शब फेला परेको छ। जिल्लाको हिमाली गाँउपालिका वडा नम्बर एक नेटामा किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसारा मृत अवस्थामा फेला परेकी किशोरीको पहिचान समेत खुलिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कभिन्द्र बोहराले बताए । प्रहरी प्रमुख बोहराका अनुसार मृत किशोरी हिमाली गाँउपालिका वडा न. १ नेटा गाउँ स्थित स्थानीय तारा थापाकी १४ वर्षिय छोरी सर्पसिला थापा रहेकी छन्।
शनिबार बेलुका घरबाट हराएकी उनको शव बिछ्याँ खोलामा मृत अवस्थामा भेटिएको हो । प्रहरी र स्थानीयले खोजतलास गर्दा उनको शव आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताए। घटना के कति कारणले भयो ? भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।