Sujang

लेक लागेर बडिमालिकामा थप एक जनाको मृत्यु

भदौ १३, बाजुरा: धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको दर्शनका लागि गएका बाजुराका एक जना युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मंगलबार राति ८ बजेर ४२ मिनेटमा बाजुराको त्रिवेणी नगरपालिकाका–१ का २३ वर्षीय भरत बुढाको लेक लागेर मृत्यु भएको हो ।
बुढा अक्सिजन अभावका कारण ढलेर अचेत अवस्थामा भेटिएपछि दुर्गाभञ्जन गुल्म बाजुराले तिर्थयात्रीका लागि संचालन गरेको मेडिकल क्याम्पमा ,राखेर उपचार भएको थियो । क्याम्पमै उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख कभिन्द्र बोहराले बताए ।
लेक लागेर अक्सिजन अभाव भएपछी हिजो मात्र लडेर घाइते भएका कालिकोट जिल्ला पलाता गाउँपालिका–१ का धनप्रसाद न्यौपानेको हेलिकप्टर मार्फत उद्धार पछि सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको थियो ।
यस्तै अक्सिजन अभावका कारण एक जना महिलाको पनि सेनाको मेडिकल क्याम्पमा अहिले उपचार भइरहेको बताइएको छ । अक्सिजन अभावका कारण कैलाली जिल्ला अत्तरिया घर भएकी ६३ वर्षीया इश्वरी बोहरा बिरामी भएपछी उपचार भइरहेको र उनको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टरका लागि पहल भइरहेको प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.