Sujang

सुदूरपश्चिम पृतनापतिको ट्रफी श्री नं ५ बाहिनी अड्डालाई

सुवास नेपाली,भाद्र ११,डोटी:सुदूरपश्चिम पृतनापति ट्रफी २०८० को उपाधि श्री नं ५ बाहिनी अड्डा राजपुर डोटीले हात पारेको छ । सुदूरपश्चिम पृतना हेड क्वाटरको आयोजनामा भाद्र २ गतेबाट १० गते सम्म सञ्चालन भएको प्रतियोगितामा नम्बर ५ बाहिनी अड्डा राजपुर डोटी प्रथम भएको हो ।

सुदूर पश्चिम पृतना हेड क्वाटर अन्तरगत श्री नं ५ बाहिनी अड्डा तथा श्री नं २५ बाहिनी अड्डाको जिम्मेवारी क्षेत्रका ९ वटै जिल्लामा तैनाथ गण गुल्महरूको सहभागिता रहेको थियो । पृतनापति ट्रफी प्रतियोगितामा तेक्वान्दो, भलिबल, फुटबल, बास्केटबल, एथलेटिक्स, स्विमिङ, बक्सिङ सहित सात विधाका खेलहरू समावेश गरी सञ्चालन गरिएको थियो ।
भलिबल, एथलेटिक्स र तेक्वान्दोमा गोरख बक्स गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै प्रथम भयो भने फुटबल, बास्केटबल, स्विमिङ, बक्सिङमा देविदल गण प्रथम भएको थियो । प्रतियोगितामा देविदल गण प्रथम, गोरख दल गण दोस्रो र भैरब प्रसाद गण तेस्रो स्थान हासिल गर्न सफल भयो ।
सुदूरपश्चिम पृतना हेड क्वाटरका निमित्त पृतनापति सहायक रथी सुरत रावलले प्रतियोगितामा प्रथम हुन सफल श्री नं ५ बाहिनी अड्डाका बाहिनिपती सहायक रथी दीपेश जङ्ग शाहलाई प्रथम पुरस्कार वितरण गरे ।

Salmuni
Leave A Reply

Your email address will not be published.