Sujang

बजार अनुगमनमा ७८ हजार बढीका म्यादनागेका अखाद्य सामग्री बरामद 

Ban
धन बोहरा ,डोटी : जिल्ला प्रशासन कार्यालय डोटीद्वारा मुख्य व्यापारी केन्द्र  दिपायलमा बजार अनुगमन गरिएको छ ।  शनिवार पिपल्ला बजारमा गरिएको अनुगमनबाट अठहत्तर हजार सात सय पैँतिस रुपैयाँ बराबरको म्यादनागेका अखाद्य तथा प्याकेजका सामग्री बरामद गरिएको हो।
सानादेखि ठुला अधिकांश खाद्य तथा किराना पसल अनुगमन गर्दा   पसलमा बेचिने दैनिक उपभोग्य वस्तुको ‘म्यानुफ्याक्चर डेट’ र ‘एक्सपायर डेट’ जाँच  उक्त सामग्री बरामद गरिएको प्रमुख प्रशासकीय अधिकृत दिपा जोशीले जानकारी दिइन् ।
Krishi
व्यापारीहरूले सामान खरिद गर्दा वास्ता नगरेका कारण म्याद नागेका सामग्री बढी बजारमा भेटिने गरेको उनले बताइन् । म्याद नागेको सामग्री बिक्री वितरण गर्दा उपभोक्ताको स्वास्थ्यमा नकारात्मक असर परिरहेकोले यस्ता कुरामा सचेत रहन अनुरोध गरे।  बजार अनुगमनलाई  निरन्तरता दिँदै जाने जोशीले बताइन् ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलु कार्यालय, उद्योग वाणिज्य सङ्घ ,पत्रकार महासङ्घ प्रतिनिधि ,प्रहरी लगायतको हभागीता रहेको थियो ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.