Sujang

दिसिनपाले थाल्यो सरसफाइ अभियान

डोटी– दिपायल सिलगढी नगरपालिकाले सरसफाइ अभियानलाई निरन्तरता दिँदै आएको छ । शनिवार नगरको वडा नं २ र ३ मा सरसफाइ अभियान सुरु गरिएको हो ।
दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सेती नदिको पक्की पुलदेखि एरपोर्टगेट सम्म सरसफाइ गरिएको नगरप्रमुख बाजी सीँ खड्का ‘विजय’ले जानकारी दिए ।
उनले भने,‘ स्वच्छ, सफा र हराभरा नगर बनाउन अभियान नै सञ्चालन गरेर अगाडी बढी रहेका छौँ । हामीले गरेनौँ भने कस्ले गर्ने । आज गरेनौँ भने, कहिले गर्ने । आफ्नो प्रगति आफै गर्ने हो । आफ्नो घर अगाडीको सरसफाइ आफै गरेर सभ्य नागरिकको परिचय दिन आवश्यक छ । सरसफाइको अभियान निरन्तर रूपमा चल्नेछ ।’
नगरपालिकाले पिपल्ला बजार लगायतका विभिन्न ठाउँमा पनि सरसफाइ अभियानलाई दैनिक रूपमा अगाडी बढाइँ रहेको उनले बताए । नगरपालिकाभित्रका सबै वडाहरूमा सरसफाइका अभियान योजना सहित अघि बढाइने बताउँदै अभियानमा सबैलाई सहयोग गरिदिन नगर प्रमुख खड्काले अनुरोध गरे ।
सरसफाइका कारण विभिन्न रोगबाट पनि बच्न सकिने दिसिनपा स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताए ।
सरसफाई पश्चात देखिएको सडक ।
पिपल्ला बजारमा फोहोरको दीर्घकालीन व्यवस्थाका लागि ल्याण्डफिल साइड र सडकमा गाडीको अव्यवस्थित पार्किङको व्यवस्थापन गर्न सके बजार अझै व्यवस्थित हुने व्यापारीहरूले बताए ।
सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, बुद्धिजीवी, नागरिक समाज, प्रदेश प्रहरी तालिम केन्द्रका प्रहरी, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.