प्रकाश बम,डोटी–माध्यमिक शिक्षा परीक्षा (एसइई)को ग्रेड वृद्धि परीक्षाका लागि डोटीमा पाँच वटा परीक्षा केन्द्र तोकिएका छन् । जिल्ला परीक्षा समन्वय समितिले एसइई ग्रेड वृद्धि परीक्षाका लागि ५ ओटा केन्द्र निर्धारण गरेको शिक्षा विकास तथा समन्वय इकाई डोटीका सूचना अधिकारी अम्बादत्त जोशीले जानकारी दिए ।
पदम पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालय सिलगढी, दिल्पेश्वर माध्यमिक विद्यालय दिपायल, सुजङ वोर्डिङ्ग स्कुल राजपुर ,राधा कृष्ण माध्यमिक विद्यालय गोपघाट र रामपुर माध्यमिक विद्यालय वुडरमा केन्द्र तोकिएको सूचना अधिकारी जोशीले बताए ।
यही साउन २६ र २७ गते हुने एसइई ग्रेड वृद्धि परीक्षामा ८ सय ८८ छात्र र १ हजार ५ छात्रा गरी १८ सय ९३ परीक्षार्थी सहभागी हुनेछन् ।
अंग्रेजी वा अंग्रेजीबाहेक एकमात्रै विषयको परीक्षा दिने परीक्षार्थीहरूको परीक्षा साउन २६ मा सञ्चालन हुनेछ भने दुई विषयको परीक्षा दिने परीक्षार्थीको हकमा सानो कोडको विषयको परीक्षा साउन २६ र ठुलो कोडको विषयको परीक्षा २७ गते सञ्चालन हुनेछ ।
एसइई ग्रेड वृद्धि परीक्षाका लागि केन्द्र निर्धारण भएको विद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्षको जिम्मेवारी दिइएको शिक्षा विकास तथा समन्वय इकाई डोटीका प्रमुख रामदत्त भट्टले बताए । केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालनका विषयमा मङ्गलवार अभिमुखीकरण समेत गराइने उनले बताए । परीक्षा केन्द्रहरु