Sujang

बाजुरमा बाढिपहिरोले १२ घरपरिवार विस्थापित

बाजुरा :गत एक साता देखि आएको अविरल वर्षाकाकारण बाढी पहिरोबाट बाजुरामा १२ परिवार विस्थापित भएका छन् । शुक्रबार आएको बाढी र पहिरोकाकारण हिमाली र गौमूलगाउँपालिकामा १३ परिवार बिस्थापित हुनुका साथै दर्जनौ घर जोखिममा परेका छन् ।
गौमूलगाउँपालिका–३ माआएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरो काकारण बेहरीकापाँच र ढल्काँडाका ७ गरी १२ परिवार विस्थापितबनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिईन् ।
उनका अनुसार बेहरीका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्पविक र जोगी विकको परिवार विस्थापित भएको छ । साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्गबोहरा अफिलाल बोहरा,बिर जित बोहराको परिवार विस्थापित भएको छ ।

पहिरोले सिङ्गो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ । दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नु परेको स्थानीयले बताएका छन् । पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई विद्यालयमा सारिएको उपाध्यक्ष थापाले बताइन ।

घरभित्र राखिएको केही अन्न पात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ । वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको बताइएको छ ।गौमुलका अन्य बस्ती पनि पहिरोको उच्चजोखिममा रहेका गाउँपालिकाले जनाएको छ।

हिमाली गाउँपालिका– ३ युनामा शुक्रबार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्लाप्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरिक्षक कवि बोहराका अनुसार शुक्रबार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको छ ।

पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी उपरिक्षक बोहरालेले बताउनुु भयो । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको बताइएको छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकीपनि पहिरोको जोखिममा परेको छ ।
त्यस्तै बडिमालका नगरपालिका वडा नं ७ ढम्कनेमा पनि गत साता आएकको वर्षकाकारण ढम्कनेका पाँच दलितपरिवार उच्चजोखिममा परेको वडाअध्यक्ष धर्मराज पाध्याले जानकारी दिनुुभएको छ।

ढम्कनेमा एक काठेपुल वगाएको छ भने आलुरस्टिक केन्द्र र खानेपानीमा क्षेती भएको वडाअध्यक्ष पाध्याले बताए । पहिरो जानुको मुख्यकारण डोजरै विकास र बल मिच्याई गर्ने प्रबिृत्ती भएको स्थानियको गुनासो छ ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.