Sujang

बाजुराको बुढीनन्दामा रुखले च्यापिएर एक जनाको मृत्यु

Ban
Krishi

बाजुराः बाजुरामा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–३ भुलेनमा छानो पछाडीको रुख ढडलेर एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। मध्येराति अन्दाजी १ बजे वर्षाका कारण रुख ढलेर स्थानीय ५८ वर्षीय गोकुले ल्वारको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक रविन्द्र कठायतले जानकारी दिएका छन्।

उनले दिएको जानकारी अनुसार भुलेना गाउँबाट ३ घण्टाको पैदल यात्रामा पर्ने विर्मा लेखको छानोमा सुती रहेको अवस्थामा छानो पछाडीको रुख ढलेर ल्वार र एक भैसी र पाडोसमेत मरेको बताए। स्थानीयले ढलेको रुखले च्यापिएर ल्वार र भैसी मरेको इलाका प्रहरी कार्यालय कोल्टीलाई खबर गरेपछि प्रहरीको टोली कोल्टीबाट घटनास्थलमा गएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.