Sujang

उत्कृष्ट काम गर्ने दिसिनपाका कर्मचारी तथा उपभोक्ता समिति सम्मानित

सिलगढी:दिपायल सिलगढी नगरपालिकाले उत्कृष्ट काम गर्ने कर्मचारी तथा उपभोक्ता समितिलाई सम्मान गरेको छ ।
दिपायल सिलगढी नगरपालिकाको १४ औँ नगर सभाको शुक्रवार आयोजना गरिएको तेस्रो बैठकमा नगर प्रमुख बाजि सीँ खड्काले उत्कृष्ट काम गर्ने कर्मचारी तथा उपभोक्ता समितिका प्रतिनिधिलाई दोसल्ला तथा कदर पत्रले सम्मान गर्नु भएको हो।
दिपायल सिलगढी नगरपालिका शिक्षा शाखाका श्रोत व्यक्ति लक्ष्मीराज ओझाका अनुसार दिपायल सिलगढी नगरपालिकाद्वारा सम्मान गरिएका कर्मचारीहरूमा शिक्षा तथा खेलकुद शाखाका प्राविधिक सहायक चक्रबहादुर कुन्जेडा, खेलकुद संयोजक अनिल जोशी, शिक्षकहरू नवराज साउँद, प्रकाश कठायत, हरिप्रसाद पनेरु, पुष्कर साउँद, भुवनेश्वरी जोशी, शारदा सिंह, शान्ति बम(मल्ल) रहेका छन् ।
यसै गरी नगरपालिकाले उत्कृष्ट काम गर्ने स्वास्थ्य शाखा लगायत विभिन्न शाखाका कर्मचारीहरू तथा तोकिएको समयमा कार्य सम्पन्न गर्ने उपभोक्ता समितिका प्रतिनिधिहरूलाई पनि सम्मान गरेको थियो  ।
शुक्रवार सम्पन्न १४ औँ नगर सभा बैठकले आगामी आर्थिक वर्षको लागि असार १० गते पेस गरिएको बजेटको शीर्षक अनुसार छलफल गरी पारित गरिएको दिपायल सिलगढी नगरपालिकाले जनाएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.