

डोटी : बोगटान फुड्सिल गाउँपालिकाले पुर्बिचौकी गाउँपालिकालाई रु दुई लाख ५० हजार हस्तान्तरण गरेको छ । बिहीबार बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल बहादुर गड्सिलाले विपद् व्यवस्थापनका लागि उक्त रकम पुर्विचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका हुन् ।
गत कार्तिक २२ गते खप्तड आसपास केन्द्र बिन्दु बनाइ गएको भूकम्पबाट प्रभावित पुर्बिचौकीलाई सहयोग स्वरूप रकम हस्तान्तरण गरिएको हो । बिपद्मको ससमयमा एकले अर्कोलाई साथ दिनु पर्ने कुरालाई मध्यनजर गरी बोगटान फुड्सिल गाउँपालिका पनि पुर्विचौकी गाउँपालिकाको साथमा रहेको गाउँपालिकाका अध्यक्ष गड्सिलाले बताए । आफ्नो पालिकाले उपलब्ध गराएको रकम थोरै भए पनि पुर्विचौकीलाई केही राहत हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र सहकार्य गरेर जाने अध्यक्ष गड्सिलाले बताए ।
बोगटान फुड्सिल गाउँपालिकाको सहयोगले ऊर्जा मिलेको पुर्विचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए ।
यस रकमले जोखिमयुक्त घरमा बस्नु पर्ने बाध्यता रहेका नागरिकलाई सहयोग पुग्ने उनले बताए । पुर्विचाकी गाउँपालिकामा भूकम्पबाट एक हजार ९ सय २० घर प्रभावित भएका छन् ।
