Sujang

जन्म दिनमा जोशीद्वारा सरस्वती आविलाई  फर्निचर खरिदका लागि  ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग 

सायलका ५० जना विपन्न परिवारलाई राहत वितरण   

डोटी : मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष तथा समाजसेवी भक्तराज जोशीले जन्म दिनको अवसरमा नगद आर्थिक सहयोग तथा विपन्न परिवारलाई राहत वितरण गरेर मनाएका छन् ।
मङ्गलवार दिसिनपामा रहेको सरस्वती आधाभुत विद्यालयमा नगद ,खेलकुद सामग्री र सायलमा विपन्न परिवारलाई राहत वितरण गरेर जन्म दिन मनाएका हुन् ।
सरस्वती आधारभूत बिद्याल दिपायलमा खेलकुद सामाग्री र फर्निचर सहयोगको लागि  ५५ हजार पाँच सय पचपन्न रुपैयाँ नगद सहयोग गरेको जोशीले बताए ।
त्यस्तै सायल गाउँपालिका -६ का ५० जना विपन्न लाई प्रति व्यक्ती एक बोरा चामल, तीन केजी दाल र एक लिटर तोरी तेल सहयोग गरेको  बताए ।
उनले भने ,’विद्यालयमा फर्निचर अभावका कारण अहिले पनि विद्यार्थी भुईँमा बस्नुपर्ने समस्या भएकोले फर्निचर खरिदका लागि सहयोग गरेको हुँ । केही दिन राहत पुगोस् भनेर सायलका दुर्गम क्षेत्रका विपन्न परिवारलाई राहत वितरण गरेको हो । यस्ता पुण्य कार्य निरन्तर गरी रहने छु।’
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.