ईश्वर साउँद, कैलाली :टीकापुरबाट वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टीकापुरबाट खटीएको प्रहरी टोलीले फरार रहेका वन मुद्दाका प्रतिवादी टीकापुर नगरपालिका वडा नम्बर १ बिशालनगरका हर्कबहादुर सिम्सेलीलाइ हिँजो पक्राउ गरेको हो ।
कैलाली जिल्ला अदालतले २०७६ साल ९ महिना ८ गते ११ हजार ६ सय ८० रुपैँया जरीवाना तोकेपछि सिम्सेली फरार रहेका थिए । उनलाई आवश्यक कार्वाहीको लागि कैलाली अदालतमा उपस्थित गराईएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।