Sujang

आदर्श गाउँपालिकाद्वारा कृषि, शिक्षा,स्वास्थ्यमा विशेष प्राथमिकता  

सिलगढी : डोटीको आदर्श गाउँपालिकाको १३ औँ अधिवेशनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य विशेष प्राथमिकतामा  राखेको छ ।
आइतबार आदर्श गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काको अध्यक्षतामा बसेको  गाउँ सभामा उपाध्यक्ष लक्ष्मी धामी रोकायाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कृषि, शिक्षा, स्वास्थ्य विशेष प्राथमिकतामा राखेको बताइन्  ।
गाउँपालिका उपाध्यक्ष रोकायाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ४५ करोड ३७ लाख ३ हजार ५ सयको बजेट प्रस्तुत  गरेकी हुन् ।
गाउँ सभाले कृषि तथा पशु, पर्यटन, वन, वातावरण, उद्योग, सहकारी र वित्तीय विकास, सामाजिक विकास, पूर्वाधार विकास,महिला , बालबालिका , विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकताका दिने कार्यक्रममा उल्लेख रहेको छ ।
यसै बिच कृर्षीमा उत्पादन, पिउने पानी, सिपमूलक तालीम, महिला प्रशिक्षण, उद्यमशीलता, जनचेतमा, मल, बिउँ, घरेलु उद्योग, फलफूल खेती, एक घर एक करेसाबारी, प्रत्येक स्वास्थ्य संस्थामा ल्याब, विदेश वाट फर्केकालाई सिपको आधारमा व्यवसायमा प्राथमिकता दिने जस्ता कार्यक्रमहरू ल्याएको उपाध्यक्ष रोकाएले बताइन्  ।
Salmuni
Leave A Reply

Your email address will not be published.