Sujang

कैलालीमा एक जना मृत अवस्थामा फेला

ईश्वर साउँद, कैलाली- कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् । लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का भिगुराम चौधरी शनिवार बिहान मृत अवस्थामा फेला परेका हुन् । हिँजो बिहान स्थानीय ४० वर्षिय रामदयाल थारु, भागीराम थारु, ५५ वर्षिय केश बहादुर थारु र ५२ वर्षिय भिगुराम चौधरी पुर्णीमा सामुदायिक वनमा दाउरा काट्न गएका थिए ।
शुक्रवार बिहान वनमा गएका चौधरी शनिवार बिहानसम्म पनि घर नफर्केपछि प्रहरीलाई खबर गर्दा ईलाका प्रहरी कार्यालय लम्कीबाट गएको प्रहरी टोलीले चौधरीलाई वनमा मृत अवस्थामा फेला पारेको थियो । घटनाका विषयमा अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.