Sujang

मिर्गौला पीडित उमेशको उपचारमा समस्या, परिवारद्वारा आर्थिक सहयोगको अपिल

सिलगढी : डोटीको शिखर नगरपालिका – १ कपल्लेकी ऐरी गाउँ निवासी उमेश सिंह ऐरको उपचारमा समस्या भएको छ । डम्बर सीँ ऐर र दुर्गा देवी ऐरका २७ वर्षीय छोरा उमेशको दुवै मिर्गौला फेल भएपछि उपचारमा समस्या भएको हो ।

उपचारमा समस्या भएपछि उनको परिवारले सहयोगका लागि अपिल गरेको छ । हाल उनी नव ज्योति अस्पताल धनगढीमा डाइलासिस गराइरहेका छन् । डाक्टरको सल्लाह अनुसार उमेशलाई थप उपचार मिर्गौला प्रत्यारोपणका लागि काठमाडौँ लैजानु पर्ने भएको उनको पारिवारिक स्रोतले बताएको छ ।

उनको उपचारमा रु १५ लाख भन्दा बढी खर्च लाग्ने बताइएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा सहयोग गरिदिन उनका आफन्त चिरञ्जीवी ऐरले अनुरोध गरेका छन् । उनलाई सहयोग गर्न चाहनेले ९८११६१५९३६ र ९८१२६०५२६३ मा फोन गर्न अथवा नबिल बैङ्कमा चिरञ्जीवी ऐरको नाममा रहेको खाता नं. १३११००१७५०५८५३ मा जम्मा गर्न सक्ने छन् । उमेश पेसाले ड्राइभर हुन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.