Sujang

सकारात्मक सोच र सामाजिक जबाफदेहिता सम्बन्धि तालिम

सिलगढी : डोटीको सिलगढीमा सकारात्मक सोच र सामाजिक जबाफदेहिता विषयक तालिम सम्पन्न भएको छ ।

शुक्रवार दिपायल सिलगढी नगरपालिकाको सभा हलमा जनप्रतिनिधि र कर्मचारीहरूका लागि तालिमको आयोजना गरिएको हो ।

बास नेपाल डोटीको सहजीकरण र दिपायल सिलगढी नगरपालिकाको आयोजनामा सम्पन्न भएको तालिममा नेपाल सरकारका पूर्व सचिव तथा पूर्व सूचना आयुक्त कृष्णहरि बास्कोटा प्रशिक्षकको रूपमा रहेका थिए । प्रशिक्षणका क्रममा पूर्व सचिव बास्कोटाले प्रणाली परिवर्तन गर्न आवश्यक रहेको बताए । विकसित देशको कार्य सम्पादन गर्ने शैलीको उदाहरण दिँदै स्थानीय सरकारले उदाहरणीय काम गर्न आवश्यक रहेको उनले बताए । नेपालमा काम गर्ने प्रणाली पुरानै हुँदा चाहे जति परिवर्तन नभएको उनको दाबी छ ।

तालिममा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले स्थानीय सरकारले सीमित स्रोत र साधनका बिच औचित्य पुष्टि गर्न सक्नुपर्ने बताए। जनप्रतिनिधिले सकारात्मक सोचका साथ पालिकामा रहेका स्रोत र साधनको प्रयोग गरी उत्कृष्ट काम गर्नुपर्ने उनले बताए । दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सीँ खड्काले समन्वय गर्ने बानिले विकासमा सहयोग पुर्‍याउनेमा दुई मत नरहेको बताए । आफ्नो जिम्मेवारी राम्रोसँग बुझेकाले अब बाँकी रहेका ४ वर्षमा केही न केही उदाहरणीय काम गरेर देखाउने प्रमुख खड्काले बताए ।

तालिममा दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज , पत्रकार लगायतको सहभागिता थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.