Sujang

स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमको अनुगमन 

Ban
डोटी :दिपायल सिलगढी नगपालीकामा स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमको अनुगमन गरिएको छ।
बुधवार नगरभित्र स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमको मर्सिकोर कन्ट्री डाइरेक्टर क्रिस्टी गेट म्यान, एसिया प्यासिफिकका उप -निर्देशक डा. नौरेंस एसिया र  मर्सिकोर स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमका व्यवस्थापक प्रज्ञा थपलिया लगायतले अनुगमन गरेका हुन् ।
 अनुगमन टोलीले दिपायल सिलगढी नगरपालिका अन्तर्गत शिर खोली सैनमा  कालिका आधारभूत बिद्यालयमा विद्यार्थीले खाजा खाएको अनुगमन गरेको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेमराज जोशीले बताए ।
उनका अनुसार अनुगमन टोलीले  कृषक समूह , विद्यालय व्यवस्थापन समिति र शिक्षक सँग कार्यक्रमको प्रभावकारिता बारेमा छलफल गरे कार्यक्रमको अनुगमन गरेको उनले बताए ।
त्यस्तै  नगर भित्रका  अन्तर्गत विभिन्न सहकारी संस्था संघ छलफल गरिएको जनाएको छ।
अमेरिकन सरकार कृषि विभागको सहयोगमा विश्व खाद्य सङ्गठन, मार्सीकोर नेपालको सहयोगमा सामुदायिक विकास केन्द्र डोटीले जिल्लाका सबै विद्यालयमा सञ्चालन गर्दै आएको अध्यक्ष जोशीले बताए ।
अनुगमन पश्चात् उक्त टोलीलाई नगरपालिकामा नगर प्रमुख बाजि सीँ खड्का र नगर उप प्रमुख कलावती साउदले स्वागत गर्नु भएको थियो ।
स्वागत पश्चात्  कार्यक्रममा नगर प्रमुख खड्का र मर्सिकोर कन्ट्री डाइरेक्टर क्रिस्टी गेट म्यान, एसिया प्यासिफिकका उप -निर्देशक डा. नौरेंस एसिया बिच छलफल भएको थियो । छलफल बोल्दै अनुगमनका क्रममा नगर भित्र कार्यक्रम प्रभावकारी भएको मर्सिकोर कन्ट्री डाइरेक्टर क्रिस्टी गेट म्यान बताइन् । स्थानीय उत्पादन र दिवा खाजा नगर भित्र नमुनाका रूपमा सञ्चालन भएको उनले बताइन। नगर भित्र भएका राम्रा कार्यलाई अन्य स्थानीय तहमा पनि आदानप्रदान गर्न सुझाए ।
छलफल कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले मानवीय  सेवामा महत्त्वपूर्ण काम भएको बताए ।  दातृसंस्थाको सहयोग सही सदुपयोग गर्ने कुरामा नगर सरकार प्रतिबद्ध रहेको बताए ।
उनले भने ,´हामीले केही कृति राख्ने गरी काम गर्नुपर्छ । दिवा खाजा अहिले अझै सान्दर्भिक छ। जुन उद्देश्यका साथ कार्यक्रम अगाडी बढेको छ। यसमा म चिन्तित छु। नगरको पहलबाट स्थानीय उत्पादनमा जोड दिने तयारीमा छौँ ।स्थानीय उत्पादन प्रवर्द्धन गर्न सहयोग अपेक्षा गरेका छौ ।`
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.