Sujang

दिसिनपामा सञ्चालन भएका सीप विकास तालिमको समापन 

डोटी : दिपायल सिलगढी नगरपालिकामा ‘सीप सिकौँ स्वरोजगार बनौँ’ भन्ने उद्देश्यका साथ गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत विभिन्न सीप विकास तालिमको समापन गरिएको छ । चालू आर्थिक वर्षमा नगरपालिकाबाट विभिन्न वडामा सञ्चालन भएका सिपमूलक तालिमहरूको बुधवार नगरपालिकाको सभा हलमा एक कार्यक्रमका बिच समापन गरिएको हो ।
साथै नगरपालिका भित्रका विभिन्न उद्यमी समुहरुले उत्पादन गरेका वस्तुहरूको प्रचारप्रसार गर्ने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरी प्रदर्शनी गरिएको छ । रोजगारी सिर्जना गर्नुका साथै स्थानीय स्तरमै वस्तु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले दुना टपरी तालिम, सुइटर, गलबन्दी, टोपी लगायतका कपडा बुन्ने तालिम, कम्प्युटर तालिम र साबुन बनाउने तालिम सञ्चालन गरेको थियो । उद्यम विकास शाखा अन्तरगत नगरपालिकाका विभिन्न वडामा २०७५ साल देखि स्वरोजगार मूलक तालिम प्रदान हुँदै आएको उद्यम विकास शाखाका वरिष्ठ उद्यम विकास सहजकर्ता लाल बहादुर खड्काले बताए ।
कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले स्वरोजगार बन्ने उद्देश्य राखी तालिममा सहभागी भएकाहरू  प्रति खुसी व्यक्त गर्नु भयो । तालिमबाट ग्रहण गरेको सिप प्रयोग नगरेसम्म सिप सिकेको औचित्य नहुने भएकाले सबैले आयआर्जनका काम गर्नेमा विश्वस्त रहेको उनले बताए ।
नगर उपप्रमुख कलावति साउँदले सिकेको सिपको प्रयोग गर्दै स्वरोजगार बन्न तालिमका सहभागीलाई आग्रह गर्नुभयो । सिप सिकेर प्रयोगमा ल्याउने बानी धेरैको नरहेको बताउँदै नगरपालिकाले लगाएको लगानीको सही सदुपयोग गर्न उपप्रमुख साउदले आग्रह गरेकी हुन् ।
तालिमको समापन कार्यक्रममा अध्यक्षता समेत गरेका नगर प्रमुख बाजी सीँ खडका विजयले सिप मूलक तालिम पश्चात्  आफूले सिकेको सिपको आधारमा व्यवसाय सञ्चालन गरी आय आर्जनमा वृद्धि गर्न सम्पूर्ण तालिमका सहभागीहरूलाई अनुरोध गरे। नगरपालिकाको सहयोगमा थुप्रै सिप मूलक तालिम प्रदान गरिसकेको बताउँदै अन्य तालिम जस्तै यस तालिमलाई पनि तालिममा मात्रै सीमित नराखी व्यवहारमा लागु गर्न सवैमा  नगर प्रमुख खड्काले आग्रह गरे  ।
सञ्चालन भएका तालिममा सहभागी भई सिप सिकेका विभिन्न उद्यमी समूहका सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो  ।
Salmuni
Leave A Reply

Your email address will not be published.