Sujang

सुदुरबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने संगीतालाई बझाङमा स्वागत

Ban
जगदीश रोकाया ,बझाङ:सुदूरपश्चिम क्षेत्रबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने बझाङको साइपाल गाउँपालिकामा घर भएकी संगीता रोकाया लाई आज सदरमुकाम चैनपुरमा एक अनौपचारिक कार्यक्रम का बिच स्वागत तथा सम्मान गरेको छ। जिल्ला समन्वय समिति सभा हलमा गरिएको संगीताको स्वागत तथा सम्मान कार्यक्रममा जिल्ला समन्वय प्रमुख लगायत जिल्लाका बाह्र वटा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूले संगीताको उच्च प्रशंसा गर्दै फुल माला खादा अविरले स्वागत तथा सम्मान गरेको थियो। कार्यक्रममा साइपाल गाउँपालिका – ४ घर भएकी २६वर्षीय संगिता रोकायाले जेठ ३गते विश्वको उच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन्। कार्यक्रम मा संगिताले आफू सगरमाथा आरोहण को यात्रा स्मरण र आपनो विगतको लक्ष्य बारे जानकारी गरेकी थिइन्। सगरमाथा आरोहणका क्रममा संगितालाइ आर्थिक समस्या परेको जानकारी भएपछि जिल्ला समन्वय प्रमुख नर बहादुर बोहराले सबै पालिका सँग समन्वय गरी जय पृथ्वी नगरपालिका र बुगल नगरपालिका ले एक एक लाख आर्थिक सहयोग गर्ने र उहाँको जन्म भूमि साइपाल गाउँपालिका बाहेक अन्य पालिका बाट ८०/८०हजार सहयोग गर्ने पनि कार्यक्रममा जानकारी गरिएको छ। स्वागत तथा सम्मान कार्यक्रममा उनले आफ्नो  सगरमाथा यात्राको स्मरण र पारिवारिक समस्याका कारणले भावुक पनि भनेकी थिइन्। साथै सगिताले सुदूरपश्चिम मा प्रदेमा  रहेको छाउपडी प्रथाको न्यूनीकरण गर्ने लाई पनि आपनो सगरमाथा आरोहण यात्राले सहयोग पुगेको बताइन्।उनले साहस र आत्मबल नै सफलता को आधार भएको बताइन्। कार्यक्रममा जिल्ला स्थित विभिन्न अधिकार कर्मी संघ संस्थामा काम गर्ने महिलाहरूको पनि सहभागिता रहेको थियो। सगरमाथा आरोहणका लागि लगभग ३५लाख जति खर्च भएको बताइन्। साथै उनले २५लाख दिन वाकी रहेको जानकारी गराइन।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.