

गणेश मौनी ,डोटी:दिपायल सिलगढी नगरपालिका अन्तरगत रहेका बालबालिकाहरुको सहभागितामा आयोजना गरेको नगर स्तरिय बाल भेला तथा स्थानिय योजना तर्जुमा सम्बन्धी अभिमुखिकरण कार्यक्रम मंगलबार सिलगढीमा सम्पन्न भएको छ ।
बालबालिकाहरुलाई आफ्ना सवालहरु आफै पहिचान गरी पालिकालाई आवश्यक निति, कार्यक्रम निमार्ण गर्न सहजताहोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले बालबालिकाहरुका योजनालाई विशेष प्राथमीकताका साथ आवश्यक बजेटको ब्यवस्थापन गरि कार्यान्वयन गरिने बताउनु भयो । बालबालिकाहरु भविश्यका कार्णधार हुन बालबालिका माथी आवश्यकता अनुसारको लगानी गरिन्छ । बालबालिकाहरुले सधै इमान्दार, नैतिकतावान, उर्जावान, अनुशासीत र सकारात्मक भावना लिएर अगाडि बढ्न जरुरी रहेको समेत नगर प्रमुख खड्काले बताउनु भयो ।
बालबालिकाहरुले नगर प्रमुख खड्कालाई पालिका भित्र रहेका बालबालिकाहरुको सवाल पहिचान गरि आफ्ना विभिन्न योजनाहरु पेश गरेका थिए । योजनाहरु बुझ्दै नगर प्रमुख खड्काले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
सबै वडाका बालबालिकाहरु सहभागि रहेको भेलाले बिबेक नेपालीको अध्यक्षतामा १३ सदस्यीय शैलेश्वरी खप्तड नगरस्तरिय बालक्लब संजाल समेत गठन गरेको छ । अन्य पदाधीकारीमा उपाध्यक्ष सर्मिला नेपाली, कोषाध्यक्ष संगम देवल, सचिब खिना कडायत, सह सचिब श्रीया द्धारीया, सदस्यहरु पार्बति बिक, सपना खड्का, लक्ष्मी बिष्ट, रमेश ताम्राकार, दिपक मिजार, रोशन खड्का, शुसिला साउद, दिपा साउद रहेका छन् ।
दिपायल सिलगढी नगरपालिकाको सहकार्य तथा सामुदायिक विकास केन्द्र डोटी, सम विकास केन्द्र डोटी, एक्सनएड नेपाल, वल्र्ड भिजन इन्टरनेशनल, गुड नेर्वस इन्टरनेशनल, समान पहुँच विकास केन्द्र डोटीको संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको थियो । दुई दिन संचालन भएको कार्यक्रममा नगरपालिका अन्तरगतका सबै वडाका बालबालिकाहरुको सहभागिता रहेको थियो ।
