Sujang

शिखर सञ्जालको अध्यक्षमा नेपाली चयन 

Ban
शिखर सञ्जालको अध्यक्षमा नेपाली चयन
राज पार्की,डोटी : शिखर सञ्जालको अध्यक्षमा राम बहादुर नेपालीलाई चयन गरिएको छ । मङ्गलवार बसेको सञ्जालको बैठकले अध्यक्षमा सञ्जालको पुनर्गठन गरी शिखर नगरपालिकामा स्थित मुक्त हलिया शिखर नगर सञ्जालको  राष्ट्रिय मुक्त हलिया समाज डोटीको समन्वय र  सम विकास केन्द्र नेपालको सहजिकरणमा सञ्जालका पदाधिकारीहरूका गरिएको हो ।
बैठकमा मुक्त हलियाका समस्या समाधान गर्ने, समुदाय र संघसंस्थाको सहयोग माग्ने विषयमा छलफल भएको थियो । सञ्जाललाई अझै सक्रिय बनाउन सबैले क्रियाशील भएर लाग्न पर्ने सहभागीहरूले बताए थिए  ।
मुक्त हलियाका समस्या नीति तथा कार्यक्रममा समेट्न, नगरमा मुक्त हलिया कार्यविधि निर्माण गर्न लागि पहल गर्नु, सञ्जालको विधान तयार गरी दर्ता गर्न, मुक्त हलियाका विपन्न बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरणमा सहयोग गर्ने उद्देश्यले बैठकको आयोजना गरिएको सम विकास केन्द्र  नेपालका कार्यक्रम अधिकृत शंकर विकले जानकारी दिए ।
संस्थाबाट प्राप्त सामाग्रीहरूलाई सही व्यवस्थापन गर्न, अफिसलाई व्यवस्थापन गर्न, संघ संस्थाहरूबाट पाएको सहयोगको समुदायमा सदुपयोग गर्न कार्यक्रम अधिकृत विकले सुझाव दिए।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.