डोटी : के.आइ.सिंह राजमार्ग दैनिक ४ घण्टा अवरुद्ध हुने भएको छ । डडेल्धुराको स्याउलेदेखि डोटीको दिपायल जोड्ने राजमार्गको रडुवा स्थित पहिरो रोकथाम तथा सडक स्तरोन्नतिको कार्य सञ्चालन हुने हुँदा एक हप्ता सडक अवरुद्ध हुने भएको हो ।
सडक डिभिजन कार्यालय कुलपाते डोटीका अनुसार यही जेठ ३० गते देखि असार ४ गते सम्म बिहानको ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक पूर्ण रूपमा अवरुद्ध हुने छ । सडक डिभिजन कुलपातेले सडक अवरुद्ध भएको बेला वैकल्पिक बाटोको प्रयोग गर्न यात्रुलाई अनुरोध गरेको छ ।
२०७८ कार्तिक महिनामा परेको अविरल वर्षाका कारण बाढी सँगै पहिरो खस्दा रडुवामा सडक भासिएको थियो । सडक भासिदा एक साता अवरुद्ध भएको राजमार्ग त्यसयता पटक पटक पहिरो खस्दा अवरुद्ध हुँदै आएको थियो ।