Sujang

नायक पुस्तक तालिम सम्पन्न

गणेश मौनी,डोटी:डोटीको बोगटान फुड्सिल गाउँपालिका ७ चवराचौतारामा बालक्लबका सदस्यहरुका लागि आयोजना गरेको दुई दिने नायक पुस्तक तालिम शनिबार सम्पन्न भएको छ ।
बालबालिका उत्थानशिल बिकास परियोजना अन्तरगत समान पहुँच बिकास केन्द्र डोटी र यु एम एन डोटीको आयोजना तथा बोगटान फुड्सिल गाउँपालिकाको समन्वयमा तालिम सम्पन्न भएको हो ।
बालबालिकाहरुले आफ्नो एक आर्दश ब्यक्तीको पहिचान गरि उनिहरुको सकारात्मक गुण र ब्यवहारहरु आफ्नो जिवनमा अनुशरण गर्दै भाबी लक्ष्य निर्धारण गर्न उत्प्रेरणा जगाउने उद्देश्यले तालिमको आयोजना गरेको समान पहुँच बिकास केन्द्र डोटीका बालबालिका उत्थानशिल परियोजना संयोजक नरेन्द्र रोकायाले बताए ।
तालिममा बालअधिकारको बारेमा जानकारी, आदर्श ब्यक्ती पहिचान, नायक पुस्तकको अर्थ र अबधारणा, भाबि लक्ष्य निर्धारण, लक्ष्य प्रातिको लागि आफुसंग भएको सबल पक्षको विश्लेषण गरि लक्ष्य प्राप्तीका लागि गर्नुपर्ने कर्महरुका बारेमा छलफल गरिएको समेत संयोजक रोकायाले बताए ।
तालिममा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २,३,५ र ६ का १९ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण युएमन डोटी क्लष्टरका परियोजना ब्यवस्थापन सुरेन्द्र राईले गर्नुभएको थियो ।

Salmuni
Leave A Reply

Your email address will not be published.