Sujang

डोटीमा गणतन्त्र दिवसका अवसरमा फलफूल वितरण

डोटी :डोटीमा गणतन्त्र दिवसका अवसरमा फलफूल वितरण गरिएको छ।
सोमबार दिवसका अवसरमा जिल्ला सम्वन्यय समिति डोटीको आयोजनामा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको हो।
फलफूल वितरणका साथै अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहले बताए । अस्पतालमा आर्थिक समस्याका कारण कोही पनि नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नदी समेत समन्वय प्रमुखले अस्पताललाई निर्देशन दिए।
फलफूल वितरणमा कार्यक्रममा जिल्ला समन्वय समितिका उप-प्रमुख स्मृति चुनारा ,प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ , जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज भण्डारी  , नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष मोहन शाही , नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम लगायतको उपस्थिति रहेको थियो ।
दिवसका अवसरमा सेामबार साँझ ७ बजे शैलेश्वरी मन्दिरमा सयुत्त रूपमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको सिंहले बताए ।
दिवसका पूर्व सन्ध्यामा आइतबार शैलेश्वरी मन्दिरमा सरसफाइ कार्यक्रम गरिएको थियो ।
Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.