
दिनेश जोशी,डोटी :नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका उप-सभापति लोक राज अबस्थीले प्रेस युनियन डोटी शाखाले नमुना कार्य अन्य शाखाले लागु गर्न आवश्यक रहेको बताएका छन् ।
शनिवार नेपाल प्रेस युनियन डोटी शाखाले ३२ औँ स्थापना दिवसका अवसरमा श्रमदान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
युनियनको भवन निर्माणकालागि प्रदेश समितिबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । समाजमा रहेका विभिन्न बिसङ्गगि कुरा तथा आम नागरिकमा माझ सत्य तथ्य सूचना तथा समाचार प्रकाशन प्रसारण गर्न अनुरोध गरे।
देशका विभिन्न आन्दोलन, काल खण्डमा, राजनीति शासन अवस्था परिवर्तन गर्नमा प्रेस युनियनको महत्त्वपूर्ण योगदान रहेको नेपाली काँग्रेस डोटीका पार्टी सभापति नरेन्द्र सिंहले बताए । सत्य तथ्य कुरा बाहिर ल्याउन, गाउँघरका समस्या उजागर गर्नको लागि अझै सशक्त रूपले लाग्न उनले सुझाव दिए । युनियन डोटीले संस्थागत तथा अन्य केही कार्य नमुना गरेको उनले बताए ।

प्रेस जगतको समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका रहेको नेपाली कांग्रेका नेता भरत बहादुर खड्काले बताए । यहाँका बोल्ने आवाज र लेख्ने कलम सत्य तथ्य कुरामा चुक्न नहुने बताए ।
लोकतन्त्र ,प्रजातन्त्र पुन स्थापनाका लागि प्रेस युनियनको महत्त्वपूर्ण भूमिका खेलेको नेपाल प्रेस युनियनका संस्थापक सचिव मीन बमले बताए । जसरी प्रजातन्त्र स्थापनाका लागि नेताहरूले बलिदान दिए त्यसरी नै प्रेस युनियनले प्रजातन्त्र स्थापनाका लागि भूमिका खेलेको बताए । युनियनको भवन निर्माण लागि सहयोग गरिदिन अनुरोध गरे ।

शुभकामना आदानप्रदान कार्यक्रम अगाडी युनियनको निर्माणाधीन भवनको लागि स्थापना दिवसका अवसरमा उपस्थित विभिन्न सँग संघठनमा आबद्ध पत्रकारहरूले सेती नदीबाट ढुङ्गा बोकेर श्रमदान गरेका हुन् ।
दिपायल सिलगढी नगरपालिका -४ पिपल्लामा निर्माणाधीन भवनमाका लागि सबैले ढुङ्गा बोकेर श्रमदान गरेका छन् ।

पछिल्लो समय श्रमदान प्रति मानिसको बुझाई घटेकाले यस कार्यक्रमलाई निरन्तरता दिन समेत सहयोग पुग्ने भएकोले स्थापना दिवसमा श्रमदान कार्यक्रम गरेको नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमले बताए ।
नेपाल प्रेस युनियन डोटी देश भरमा दोस्रो भवन निर्माण गर्ने शाखा रहेको छ।
भवन निर्माणका लागि नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेस डोटी अध्यक्ष शंकर बहादुर कठायतले रु १० हजार ५ सय ५५ सहयोग गर्नु भएको छ।

जग्गा खरिद देखि भवन निर्माणमा अहिलेसम्म सहयोग गर्ने सम्पूर्णमा अध्यक्ष बमले धन्यवाद दिनुका साथै स्थापना दिवसको शुभकामना दिए ।
